Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

बालेनलाई समिक बडालले भने - मन्त्रीसँग समन्वय गर्ने कि फेसबुकमा तिक्तता पोख्ने ?

बालेनलाई समिक बडालले भने - मन्त्रीसँग समन्वय गर्ने कि फेसबुकमा तिक्तता पोख्ने ?

शनिवार , फाल्गुण १७, २०८१

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई मन्त्रीसँग समन्वय गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै स्टाटस लेख्नुभन्दा प्रशासकीय अधिकृतका लागि मन्त्रीसँग समन्वय गर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, 'काठमाडौँ महानगरमा कार्यकारी नआउँदा मेयर बालेन्द्र साहेबले प्रधानमन्त्रीलाई नै गुनासो पोख्नुपर्ने अवस्था आयो ! मन्त्रीसँग समन्वय गर्ने कि फेसबुकमा तिक्तता पोख्ने ? लौ है, छिटो कार्यकारी पठाइदिनुस्, नत्र मेयर बालेन्द्र साहेबलाई अर्को शुक्रबार फेरि नयाँ स्टाटस लेख्न बाध्य पार्ने खतरा छ !'

पछिल्लो समय सरकारले काठमाडौँ महानगरपालिकामा प्रशासकीय अधिकृत नपठाएको आरोप लगाउँदै मेयर बालेनले आक्राश व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077