Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

बालेनको पक्षमा उभिँदै प्रधामन्त्रीलाई हर्कले भने - मेयरहरूसँग जुधेर हुँदैन, मोदी र सि जिनपिङसँग जुध्नु बरु !

बालेनको पक्षमा उभिँदै प्रधामन्त्रीलाई हर्कले भने - मेयरहरूसँग जुधेर हुँदैन, मोदी र सि जिनपिङसँग जुध्नु बरु !

शनिवार , फाल्गुण १७, २०८१

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेयरहरूसँग नजुध्न आग्रह गरेका छन् ।

काठमाडौँ महानगरका मेयर बालेन शाहको पक्षमा उभिँदै उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेका हुन् ।

उनले प्रधानमन्त्री भएर मेयरहरूसँग जुधेर केही नहुने बताउँदै नरेन्द्र मोदी र सि जिनपिङसँग जुधेर देखाउन चुनौती दिए ।

उनले लेखेका छन्, 'प्रधानमन्त्रीको भूमिका प्रधानमन्त्रीको जस्तो हुनु पर्छ ! मेयरहरूसँग जुधेर हुँदैन ! सक्छ भने नरेन्द्र मोदी र सि जिनपिङसँग जुध्नु बरु !'

काठमाडौंका मेयर बालेन र प्रधानमन्त्रीबीच पछिल्लो समय विवाद बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077