काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरतामा रम्न चाहनेहश्रले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताएका छन् ।
नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।
उनले सरकारको आयु कहिले होला भन्ने भनेर हल्ला चलाउने मुलुकमा अस्थिरतामा रम्न चाहनेहरू रहेको बताए।
महासचिव पोखरेलले भने,'कहिलेकाहीँ यो सरकारको आयु कहिले होला भनेर हल्ला चलाउने गरिन्छ । एकएक महिनामा एउटाएउटा हल्ला चलाउने गरिन्छ, अब सरकारको आयु सकियो भन्ने कुरा गरिन्छ । त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपना मात्र हो । त्यो हल्लाले अहिलेको सरकारलाई कुनै प्रकारको प्रभाव पार्दैन ।'
महासचिव पोखरेलले आगामी निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबीचको सहकार्य निरन्तर रहने बताए ।
राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको उनको भनाइ छ।