Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

६२ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको बुद्ध एयरको पांग्रा जनकपुरमै खस्यो

६२ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको बुद्ध एयरको पांग्रा जनकपुरमै खस्यो

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमानको अगाडिको टायर उड्ने क्रममा जनकपुरमै खसेको छ ।

बेलुका ५ः४५ को उडानका क्रममा अगाडिको एउटा टायर जनकपुरमा नै छुटेको हो । तर, विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार पांग्रा खसेकोबारे जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र पत्ता लागेको थियो।

बुद्धको ९ एनएएनएच विमानको अगाडिको टायर उतै छुटेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सुरक्षित अवतरण गरी पोस्ट फ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर भेटिएको थिएन ।

तर जनकपुर विमानस्थलमा सम्पर्क गर्दा जहाज उड्ने क्रममा नै पांग्रा रनवे नजिकै खसेको पुष्टि भएको बताइएको छ । जहाजमा ६२ जना यात्रु सवार रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077