Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राजावादी देखाएर कांग्रेस-एमाले देश लुट्दैछन् : अमरेश सिंह

राजावादी देखाएर कांग्रेस-एमाले देश लुट्दैछन् : अमरेश सिंह

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राजावादी देखाएर कांग्रेस र एमालेले देश लुटिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले सो कुरा बताएका हुन् ।

उनले नेपाली कांग्रेस, नेकपा एमालेका नेताबाट नै लोकतन्त्रलाई खतरा रहेको बताए। उनले राजावादी देखाएर कांग्रेस र एमालेले देश लुटिरहेको आरोप लगाए।

सांसद सिंहले भने,‘नेपाली जनता लोकतन्त्रप्रेमी रहन्छ, लोकतन्त्रप्रेमी रहन्छ। लोकतन्त्रको नाउँमा नेतातन्त्र जुन चलिरहेछ, त्यसको विरूद्ध आवाज उठाउँछन्। नेपालमा आजको दिनमा लोकतन्त्र छैन, नेतातन्त्र छ। नेताहरूको संरक्षणमा सम्पूर्ण बिचौलिया र भ्रष्टाचारीहरू संरक्षित छन्।’

त्रिभुवन विश्वविद्यालयमा राजावादीले गएर रेक्टरको कुर्सी तोडेका हुन् कि, कांग्रेस-एमालेका कार्यकर्ताले भन्दै उनले प्रश्न गरे।

जनताले कुलमानलाई दुःख दिने, त्रिभुवन विश्वविद्यालयको जग्गा कब्जा गर्ने? ललिता निवासको जग्गा कब्जा गर्ने? भनेर सोधिरहेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077