Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

भ्रम फलाएर राजाको पक्षमा जनमत ल्याउन नखोजौं, राजसंस्था फर्किन्न : प्रेम सुवाल

भ्रम फलाएर राजाको पक्षमा जनमत ल्याउन नखोजौं, राजसंस्था फर्किन्न : प्रेम सुवाल

मंगलवार , फाल्गुण २७, २०८१

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

चाँगुनारायण नगरपालिकाको नवौं स्थापना दिवस समारोहलाई मंगलबार उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले नेपाल मजदुर किसान पार्टी राजाको पक्षमा कहिल्यै नरहेको बताए ।

‘पार्टी अध्यक्षको एउटा अन्तर्वार्तालाई काटकुट गरी अतिरञ्जित गर्ने प्रयास भएको छ । नेमकिपा कहिल्यै पनि राजाको पक्षमा छैन, हिजो पनि थिए, अब पनि हुँदैन’, सुवालले भने, ‘त्यसैले भ्रम फलाएर राजाको पक्षमा जनमत ल्याउन नखोजौं, राजसंस्था अब फर्किन्न ।’

सत्तामा पुगेका दलहरूले जनता र देशको पक्षमा काम गर्नुपर्ने बताउँदै उनले विदेशी प्रतिक्रियावादीसँग सधैँ चनाखो रहनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077