Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

अर्थसहित तीनवटा समितिको बैठक बस्दै

अर्थसहित तीनवटा समितिको बैठक बस्दै

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज अर्थ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

बिहान ८ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैङ्किङ कसूर तथा सजाय ९दोस्रो संशोधन० विधेयक २०८० माथि दफावार छलफल हुनेछ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधिसभा भवन) पुनर्निर्माणको प्रगतिको अवस्थाका बारेमा छलफल हुनेछ ।

छलफलका लागि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकलाई आमन्त्रण गरिएको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077