Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ।

सरकारका मन्त्री कोही पनि उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित भएको हो।

सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा मन्त्री उपस्थित नरहेको विषय ध्यानाकर्षण गराएका थिए।

उनले सरकारले सदनलाई र जनप्रतिनिधिहरुलाई हेपिरहेको टिप्पणीसमेत गरे ।

संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077