Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कांग्रेस नेताले सार्वजनिक जग्गा प्रयोग गरेको सुमनाको आरोप

कांग्रेस नेताले सार्वजनिक जग्गा प्रयोग गरेको सुमनाको आरोप

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कांग्रेसका नेताले सार्वजनिक जग्गा प्रयोग गरेको आरोप लगाएकी छन् ।

सांसद श्रेष्ठको उक्त धारणा राखेपछि प्रतिनिधिसभामा लफडा भएको हो। कांग्रेस सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईँ, सुशीला थिङलगायत सांसदहरूले आपत्ति जनाए।

श्रेष्ठले धारणा राखिसक्ने बित्तिकै कांग्रेस सांसद केसी उठेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले ‘माननीयज्यू’ को नियमापत्ति हो भन्दै सोधेका थिए ।

त्यसपछि कांग्रेसका आधा दर्जन सांसदहरू उठेर विरोध गरे । तर, सभामुखले उनीहरूलाई बोल्न माइक दिएनन्। सभामुखले माइक नदिए पनि सांसद केसीले बोलेको सुनिएको थियो।

उनले प्रतिनिधिसभामा आरोप लगाएपछि त्यसको तथ्य पुष्टि गर्न सक्नुपर्ने बताएका थिए। तथ्य पुष्टि नहुने भए संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए ।

तर, सभामुख घिमिरेले हटाउन निर्देशन दिएनन्। सभामुखले धेरै आग्रह गरेपछि कांग्रेस सांसदहरू बसेपछि अहिले सदन चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077