Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

माओवादी उपाध्यक्ष श्रेष्ठले भने - गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन

माओवादी उपाध्यक्ष श्रेष्ठले भने - गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन्।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्। उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको स्मरण गराए।

उपाध्यक्ष श्रेष्ठले भने, ‘चेकमा गलत रकम लेखेकै कारणले चेक अनादरमा पर्दैन । चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ । त्यसकारण गल्ती छ भने त्यो समयमा सच्चिहाल्छ।’

गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ। उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरीवाना गर्ने/नगर्ने लगायतका विषयमा कानुनी व्यवस्था भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077