Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रभु साहको प्रश्न - अहिलेसम्म प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति किन सार्वजनिक भएन ?

प्रभु साहको प्रश्न - अहिलेसम्म प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति किन सार्वजनिक भएन ?

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगर्नेले सुशासनको गफ गर्न नमिल्ने टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक अगाडि बढाउने प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद साहले सो कुरा बताएका हुन्।

साहले सरकारले गरिरहेको सुशासनको गफ झुटो भएको टिप्पणी गरे ।

सांसद साहले भने,‘सरकार बनेको ८ महिना भयो । तर, प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति सार्वजनिक गरिएको छैन । सुशासन र पारदर्शितामा प्रतिबद्ध सरकारले मन्त्रीको सम्पत्ति सार्वजनिक गर्दैन, अनि पारदर्शिताको गफ गर्न सुहाउँछ ? संसद् बोलाउने बेलामा अध्यादेश ल्याउने कुरा सुशासन हुन्छ ? विधिको शासन भनेको यही हो।'

भाषणमा सुशासनको गफ गरे पनि सरकार पारदर्शी नदेखिएको र भ्रष्टाचारलाई बढावा गरेको देखिने उनले बताए।

गत माघ महिनामा ल्याएका अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले संसद्‌मा विधेयक टेबल गर्न लागेको हो।

बुधवारको बैठकमा अध्यादेशलाई प्रतिस्थापन गर्ने ५ विधयेयक पेश गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077