Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

वर्तमान सरकारले जनविश्वास गुमाइसकेको छ : सोविता गौतम

वर्तमान सरकारले जनविश्वास गुमाइसकेको छ : सोविता गौतम

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले वर्तमान सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले उक्त आरोप लगाएकी हुन् ।

उनले सरकार उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्नतिर अग्रसर भएको बताइन् । सांसद गौतमले सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको जिकिर गरिन् ।

सांसद गौतमले भनिन्,‘सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ। म देख्छु, सरकार अत्यधिक सतर्क, असहिष्णु र उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्न उद्यत छ।’

सरकारले जनविश्वास गुमाइसकेको र गम्भीर संकटमा रहेको उनले बताईन् । त्यस्तै, सरकारले कानुनलाई प्रतिशोधको तरबार बनाएको बताइन् ।

सरकारले सबैको विचार अट्ने व्यवहार नगरे परिणाम जनताको पक्षमा पुग्ने बताउँदै नयाँ पुस्ताको चेतावनी भएको गौतमले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077