Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

मैले सोचेअनुसारको काम गर्न सकेको छैन : सञ्चारमन्त्री गुरुङ

मैले सोचेअनुसारको काम गर्न सकेको छैन : सञ्चारमन्त्री गुरुङ

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोचेअनुसार काम गर्न नसकेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन्।

उनले मन्त्री बनेको ४/५ महिना भएको जस्तो आफूलाई लागे पनि ८ महिना पुगेको तर सोचेअनुसारका योजना अघि बढाउन नसकेको बताए ।

सञ्चारमन्त्री गुरुङले भने,‘मन्त्री बनेको आज ८ महिना भइसकेछ । बितेकै थाहा छैन । ४/५ महिना भयो होला जस्तो लागेको थियो । अस्ति पो ८ महिना पुगिसक्यो । असारको ३१ गते मन्त्री भएको भन्छन् । यो ८ महिनामा सिन्कै भाँच्न सकेको छैन त म भन्दिनँ । तर खोजेको परियोजना भएन । म आफैंले आफैंलाई रिभ्यु गर्दा । टेलिकम इन्डस्ट्री राम्रोसँग अघि बढाउनु पर्नेछ । आईटी इन्डस्ट्री पनि व्यवस्थित र राम्रो बनाउनुपर्छ।’

सञ्चारमन्त्री गुरुङले जनताको सूचनाको हक प्रवर्धन, जनताको अभिव्यक्ति स्वतन्त्रता अभिवृद्धि गर्ने कुरामा कुनै सम्झौता नहुने बताए ।

उनले सामाजिक सञ्जालबाट हुने अपराधपूर्ण कामहरुलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077