Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसईईको तयारी पूरा, २ हजार ७९ परीक्षा केन्द्र तोकिए

एसईईको तयारी पूरा, २ हजार ७९ परीक्षा केन्द्र तोकिए

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा एसईईको तयारी पूरा भएको जनाएको छ ।

आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको हो ।

पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ ।

परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए । २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ ।

सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077