Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

विद्यार्थी नेता नामका कलंकहरुलाई शिक्षा क्षेत्रबाट बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही

विद्यार्थी नेता नामका कलंकहरुलाई शिक्षा क्षेत्रबाट बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विद्यार्थी नेताहरूको व्यवहारलाई लिएर कडा टिप्पणी गरेका छन् ।

उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले विद्यार्थी संगठनहरू राजनीतिका नाममा शिक्षा क्षेत्रमा अशान्ति फैलाउने र निजी शिक्षालयहरूलाई फाइदा पुग्ने गरी काम गरिरहेको आरोप लगाएका हुन् ।

उनले भने, “विद्यार्थी हुँ भन्छ, पढ्दिन भन्छ। राजनीति गर्छ, क्याम्पसमा जान्छ, खुकुरी हान्छ। गुरुलाई कुट्छ, नेताको तलुवा चाट्छ।'' उनले शिक्षा क्षेत्रलाई स्वच्छ बनाउन विद्यार्थी संगठनका यस्तो प्रवृत्तिलाई हटाउनुपर्ने बताए।

शाहीले शिक्षा क्षेत्रमा रहेका पार्टीका भडुवा विद्यार्थी नेताहरूलाई बहिष्कार गर्नुपर्ने बताए । उनले सरकारी शिक्षा क्षेत्रलाई कमजोर बनाउने गतिविधिहरू राजनीतिक दलका विद्यार्थी संगठनहरूले नै गरिरहेको आरोप लगाउँदै, निजी विद्यालयहरूलाई विद्यार्थी बेच्ने काम भइरहेको उल्लेख गरे।

'जबसम्म यस्ता विद्यार्थी नेताहरूलाई शिक्षाक्षेत्रबाट हटाउन सकिन्न, तबसम्म नेपालको शिक्षा प्रणाली सुधार हुँदैन,' सांसद शाहीले भने।

उनको यो अभिव्यक्ति पछिल्लो समय कलेज र विश्वविद्यालयमा विद्यार्थी संगठनहरूका गतिविधि तथा झडपहरूलाई लक्षित गर्दै आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077