Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

समाजवादी मोर्चाको बैठक आलोकनगरमा

समाजवादी मोर्चाको बैठक आलोकनगरमा

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । समाजवादी मोर्चाको बैठक आलोकनगरमा बसिरहेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा मोर्चाको बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा विरोधसभाको तयारी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका नेत्रविक्रम चन्द विप्लव, नेसपाका महिन्द्र राय यादवलगायतका नेताहरू सहभागी छन् ।

मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया गर्ने बताएको छ भने यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोधसभा स्थगित भएको थियो ।

फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन चैत्र १५ गते काठमाडौँमा विरोधसभा गर्ने विपक्षी नेताहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077