Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

नागरिक समाजसँग अन्तरक्रिया गर्ने समाजवादी मोर्चाको निर्णय

नागरिक समाजसँग अन्तरक्रिया गर्ने समाजवादी मोर्चाको निर्णय

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ ।

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा पछिल्लो समयबारे समीक्षा गरिएको र विषय गम्भीर रहेको निष्कर्ष निकालिएको समाजवादी मोर्चाले जनाएको छ ।

चैत्र १५ गते काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने निर्णय भएको मोर्चाको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए।

उनले सांसदवादी दलहरू र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढङ्गले छलफल गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077