Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

पूर्वविशिष्टलाई अहिले दिइएको सुविधा नै घटाउन आवश्यक छ : शेखर कोइराला

पूर्वविशिष्टलाई अहिले दिइएको सुविधा नै घटाउन आवश्यक छ : शेखर कोइराला

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राज्यका पूर्वविशिष्ट पदाधिकारीहरूलाई सरकारले आजीवन सुविधा दिने गरी कानुन बनाउन लागेकोप्रति आक्रोस व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले सरकारलाई ‘विनाश काले विपरीत बुद्धि’ भन्दै टिप्पणी गरेका हुन्। उनले पूर्वविशिष्टलाई अहिले दिइएको सुविधा नै घटाउन आवश्यक रहेको बताए।

नेता कोइरालाले यस्ता कामले व्यवस्था र दलहरूको हित नगर्ने बताए । उनले सरकारको यस्तो कदमलाई विनास काले विपरित बुद्धि भनेका छन्।

नेता कोइरालाले भने,'सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तिव्र विरोध र गलत तत्वहरुले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा, यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाऊ, बरु अहिले दिइएको सुविधा पनि घटाऊ।'

उनले सरकारलाई कुशासनको दुष्चक्रमा परेको आरोप लगाउँदै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टी भित्रको तीव्र विरोध र गलत तत्वहरूले सडकमा अशान्ति फैलाइरहेको संवेदनशील समयमा सरकारले अर्को ‘दुष्कर्म’ को प्रयास गरेको जिकिर गरे।

उनले सरकारलाई यस्ता काम अघि नबढाउने र दिइएका सुविधाहरू घटाउने आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077