Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राजनीतिक परिस्थिति गम्भीर बनेको समाजवादी मोर्चाको निष्कर्ष

राजनीतिक परिस्थिति गम्भीर बनेको समाजवादी मोर्चाको निष्कर्ष

शुक्रवार , फाल्गुण ३०, २०८१

काठकाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत् जनसभा आयोजना गर्ने भएको छ ।

आज बसेको मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय गरेको हो ।

एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष मोर्चाले निकालेको छ ।

भोलि होटल हिमालयमा अन्तरक्रिया गर्ने र त्यसपछि पत्रकार सम्मेलन आयोजनाको तयारी गरिएको समाजवादी मोर्चाले जनाएको छ ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी थिए।

एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल सहभागी छन्।

यस्तै नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्दलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077