Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

समाजवादी मोर्चाको बैठकमा माधव नेपाल अनुपस्थित

समाजवादी मोर्चाको बैठकमा माधव नेपाल अनुपस्थित

शुक्रवार , फाल्गुण ३०, २०८१

काडमाडौं । समाजवादी मोर्चाको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अनुपस्थित भएका छन्।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चोको बैठकमा अध्यक्ष नेपाल अनुपस्थित भएका हुन्।

अध्यक्ष नेपाल बिरामी भएका कारण बैठकमा उपस्थित नभएको बताइएको छ । बैठकमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरूङ उपस्थित थिए।

एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल र महासचिव घनश्याम भूसाल उपस्थित थिए।

नेपाल कम्युनिस्ट पार्टीबाट महासचिव नेत्रिविक्रम चन्द 'विप्लव' र प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' र नेता उमा भूजेल उपस्थित थिए।

नेपाल समाजवादी पार्टीबाट अध्यक्ष महिन्द्र राय यादव र उपाध्यक्ष गंगानारायण श्रेष्ठ सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077