Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापतिसहित ६ जना पक्राउ

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापतिसहित ६ जना पक्राउ

शुक्रवार , फाल्गुण ३०, २०८१

विराटनगर । महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

स्ववियु निर्वाचन कार्यालय तोडफोड गर्न खोजेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले तीनवटा कुर्सि तोडफोड गरेको प्रहरीले जनाएको छ।

महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ)मा विवाद छ ।

महेन्द्र मोरङ क्याम्पसमा संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले विरोध गर्दै आएको छ।

इतर समूहले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077