Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राजावादीलक्षित प्रचण्डको टिप्पणी - इँटको जवाफ पत्थरले दिन्छौं

राजावादीलक्षित प्रचण्डको टिप्पणी - इँटको जवाफ पत्थरले दिन्छौं

शुक्रवार , फाल्गुण ३०, २०८१

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजावादीलक्षित गर्दै इँटको जवाफ पत्थरबाट दिने बताएका छन्।

सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त टिप्पणी गरेका हुन् ।

उनले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै इँटको जवाफ पत्थरले दिन माओवादी केन्द्र तयार रहेको बताए ।

उनले सोही जवाफ अन्तर्गत आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको र त्यहाँ उपस्थित हुन सबैलाई आह्वान गरे।

अध्यक्ष प्रचण्डले भने,‘जुन नौटंकी देखाइँदैछ, राजा महाराजाको बारेमा, राजावादीहरूले देशलाई कहाँ पुर्‍याए ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ?’

उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फाइल खोलेर त्यसका दोषीहरूलाई ठेगान लगाउने मन आफूलाई रहेको पनि उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077