काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेविरुद्ध पार्टी केन्द्रीय अनुशासन आयोगमा उजुरी दिएका छन् ।
कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेले आफूविरुद्ध अभियान चलाएको भन्दै सांसद बजगाईंले केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका हुन् ।
पर्यटनमन्त्री पाण्डेले पदको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा आफ्नाविरुद्ध सामाजिक संजालमार्फत अभियान सञ्चालन गरेको बजगाईंको आरोप छ।
पर्यटनमन्त्री पाण्डेले नेपालको राष्ट्रिय हितलाई प्रत्यक्ष रूपमा कमजोर पार्ने निर्णय लिँदै आएको पनि बजगाईंको आरोप छ।
सांसद बजगाईंले मन्त्री पाण्डेले पछिल्लो समय दिएका अभिव्यक्तिको विरोध गरेका छन् ।
पार्टी नीति र विचारविरुद्ध मन्त्री पाण्डेबाट अभिव्यक्ति आइरहेको हुँदा कारबाही हुनुपर्ने सांसद बजगाईंको माग छ ।