Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

ओली नेतृत्वकै सरकारमा समस्या छ : लेखनाथ दाहाल

ओली नेतृत्वकै सरकारमा समस्या छ : लेखनाथ दाहाल

आइतवार , चैत्र २, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन्।

संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद दाहालले सो कुरा बताएका हुन् ।

उनले गणतन्त्र पक्षधरहरूको सरकार बन्नेबारे प्रारम्भिक छलफल भइरहेको र यसले आकार भने लिइनसकेको बताए।

सांसद दाहालले भने ‘संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू एक ठाउँमा उभिने, सहकार्य गर्ने र गणतन्त्र विरोधीहरूसँग हाम्रो सहकार्य हुँदैन । गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ। यसबारे हामीले छलफल सुरू गरेका छौं, प्रारम्भिक हो, आकारण लिइसकेको छैन।’

उनले केपी ओली नेतृत्वको सरकारमै समस्या रहेको दाबी गरे। सरकारमै बसेर सत्ता र व्यवस्थाविपरीत गतिविधि भइरहेको पनि उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077