Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

नेकपा एमाले बोगटान फुड्सिल-४ को अध्यक्षमा विनाडी

नेकपा एमाले बोगटान फुड्सिल-४ को अध्यक्षमा विनाडी

आइतवार , चैत्र २, २०८१

डोटी । नेकपा एमाले वडा कमिटी बोगटान फुड्सिल गाउँपालिका-४ सातफरीको अध्यक्षमा गणेश प्रसाद विनाडी चयन भएका छन् ।

शनिबार सम्पन्न पार्टीको दोश्रो वडा अधिवेशनले २४ वर्षीय विनाडीको नेतृत्वमा १७ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा चन्द्र ढोली, सचिवमा दिपा ताडी, सहसचिवमा डबल बोहरा र रमा देवी कुँवर चयन भएका छन् । योसँगै एमाले सातफरीले युवा नेतृत्व पाएको छ । अब एमाले सातफरीले गति लिने विश्वास गरिएको छ ।

विनाडी लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनीसँग सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेका चर्चित संगठनका जिम्मेवारी सम्हालिसकेको पनि अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077