Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल भएको छैन : प्रचण्ड

सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल भएको छैन : प्रचण्ड

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नभएको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । सरकारमा जाने कुनै नीति नभएको र नहुने उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौं। देशमा संकट आयो भने संकट कसरी समाधान भन्ने हाम्रो विचार त हामी दिन्छौं । तर यही सरकारमा गएर हामी पनि कोट हुने, त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन । बाँकी प्रचार सबै भ्रम हो।’

कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको भनेर चर्चा भइरहेको भन्दै प्रचण्डले त्यसमा सत्यता नभएको बताए।

सरकारमा रहेका दलका नेताहरुसँग सत्यनिरुपण र मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको तर माओवादी सरकारमा जानेबारे कसैसँग छलफल नभएको प्रचण्डले जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077