Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

इतिहास बनिसकेको राजतन्त्र फर्कन्छ भन्ने विश्वास लाग्दैन : शेखर कोइराला

इतिहास बनिसकेको राजतन्त्र फर्कन्छ भन्ने विश्वास लाग्दैन : शेखर कोइराला

सोमवार , चैत्र ३, २०८१

विराटनगर। नेपाली कांग्रेस नेता शेखर कोइरालाले इतिहास बनिसकेको राजतन्त्र नर्फकिने बताएका छन् ।

सोमबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन् ।

नेता कोइरालाले कोशिश भए पनि इतिहास बनिसकेको राजतन्त्र फर्कन्छ भन्ने विश्वास नरहेको बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिका बारेमा जानकार रहेको भन्दै अहिले आत्तिहाल्नुपर्ने अवस्था नभएको उनले बताए ।

नेता कोइरालालेभने,‘हामीले के गर्‍यौं गरेनौं भन्ने कुरा महत्वपूर्ण हो । केही गरेनौं भन्ने होइन, धेरै गरेका छौं ।जनताको आकांक्षा अत्यन्त धेरै छ, जनताले खोजेका कुरा हामीले दिन सकेका छैनौं, तर जनतालाई सुसूचित गर्ने काम त हामी राजनीतिक दल र सरकारकै हो।’

जनताको आकांक्षा धेरै रहेको बताउँदै उनले राजनीतिक परिवर्तनपछि धेरै कामहरू भएको बताए ।

राजनीतिक दलका नेतृत्व प्रतिको वितृष्णका कारण अहिलेको अवस्था आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077