Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सोमबार ‘भर्चुअल’ माध्यमबाट मधेस प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखसँगको बैठकमा उनले यस्तो निर्देशन दिएकी हुन् । उनले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पारिन् ।

मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई जवाफदेही ढङ्गले सञ्चालन गर्न आग्रह गरिन्।

उनले परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखसमेत जिम्मेवार हुनुपर्ने बताइन् ।

यस वर्षको एसइई परीक्षा यही चैत ७ देखि १९ गतेसम्म देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुँदैछ।

परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077