Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

'केन्द्रीय सरकारका नेतृत्वको आलोचना गर्ने रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेछ'

'केन्द्रीय सरकारका नेतृत्वको आलोचना गर्ने रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेछ'

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाज प्रशंसाको संस्कृतिबाट विमुख हुँदै गएको बाएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले केन्द्र सरकारको बजेटबाट सम्पन्न योजनाको फोटो राखेर स्थानीय जनप्रतिनिधिको प्रशंसा गर्ने प्रचलन रहेको बताए ।

उनका अनुसार यसअघि यस्तो प्रचलन काठमाडौं महानगरपालिकामा थियो । अहिले यो रोग अन्यत्र पनि सकेको उनको भनाइ छ ।

'केन्द्र सरकारको बजेट कार्यक्रमबाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउँको स्थानीय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचनाको रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेछ ? जसको काम उसको प्रशंसाको संस्कृतिबाट किन विमुख हुँदैछ, नेपाली समाज ?' उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077