Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

गणतन्त्र पक्षधरलाई एकै ठाउँमा आउन अपिल गरेको प्रचण्डले ज्ञानेन्द्रलाई दिए यस्तो चेतावनी

गणतन्त्र पक्षधरलाई एकै ठाउँमा आउन अपिल गरेको प्रचण्डले ज्ञानेन्द्रलाई दिए यस्तो चेतावनी

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र पक्षधर सबै शक्तिलाई एक ठाउँमा आउन अपिल गरेका छन् ।

सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतन्त्र पक्षधरले गम्भीर समीक्षा गरी एक ठाउँमा आउन अपिल गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका उनले भने–‘म संविधानसभाबाट नयाँ संविधान निर्माण पक्षधरहरूलाई गम्भीर आत्मसमीक्षा गरी मिलेर जान अपिल गर्छु । गणतन्त्र पक्षधरहरू मिलेर मात्रै सबै समस्या समाधान गर्न सकिन्छ । राजावादीहरूको सक्रियताले नयाँ विचार, नयाँ सिद्धान्त र नयाँ रणनीतिको खोजी गर्ने अवसर हो ।’

कार्यक्रममा प्रचण्डले राजनीतिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र एउटा युगान्तकारी उपलब्धि भएको दाबी गरे । तर त्योभन्दा पनि ठूलो कुरा नयाँ संविधानमा इतिहासमै पहिलोपटक नेपाली जनतालाई सार्वभौम सम्पन्न अधिकारद्वारा सुसज्जित गरेको उनले बताए ।

आज यो व्यवस्थामाथि केही मानिसले प्रश्न उठाउने दुष्साहस गरेको भन्दै उनले राजामहाराजाहरूले अर्को दुष्साहस गरिए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

उनले भने–‘फेरि राजामहाराजाहरूले अर्को मूर्खता नगरियोस् । यदि त्यसो गरियो भने निकै ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति आउन सक्छ । नेपाली जनता र राजनीतिक दलहरूले उदारतापूर्वक बस्न दिएको बेला संयमित भएर बस्नुको सट्टा फेरि दुष्साहस गर्न खोजिएको छ, त्यसको परिणाम गम्भीर हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077