Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

रिडी क्याम्पसमा मतदान सम्पन्न : १० मत ल्याएर अनेरास्ववियुको प्यानल नै विजयी

रिडी क्याम्पसमा मतदान सम्पन्न : १० मत ल्याएर अनेरास्ववियुको प्यानल नै विजयी

मंगलवार , चैत्र ४, २०८१

रुपन्देही । गुल्मीको रिडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

मंगलबार भएको निर्वाचनमा अनेरास्ववियुका धनबहादुर कुमाल १० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)की उम्मेदवार सदिक्षा पौडेलको पक्षमा ४ मत परेको छ ।

त्यसैगरी अनेरास्ववियुबाटै सचिवमा आठ मत प्राप्त गरी बविता घिमिरे र कोषाध्यक्षमा १० मत प्राप्त गरी सृष्टि बगाले निर्वाचित भएका छन् ।

अखिल (क्रान्तिकारी) को तर्फबाट सचिव उम्मेदवार शुशिला थापाको छ तथा कोषाध्यक्ष उम्मेदवार बिनिता थापाको ४ मत आएको क्याम्पस प्रमुख रोहित भण्डारीले जानकारी दिए ।

अध्यक्षमा विजयी कुमाल नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार हुन् । रिडी बहुमुखी क्याम्पसमा १७ मतदाता रहेकोमा निर्वाचनको तोकिएको मिति दिउँसो २ बजेसम्म १४ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077