Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

उपत्यकाकेन्द्रित थप आन्दोलन गर्ने राप्रपाको घोषणा

उपत्यकाकेन्द्रित थप आन्दोलन गर्ने राप्रपाको घोषणा

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपत्यका केन्द्रित थप आन्दोलन गर्ने भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टीले उठाएका माग पूरा गर्न दबाब दिनका लागि भन्दै उपत्यका केन्द्रित थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आन्दोलन परिचालन मूल समितिको बैठक चैत्र १२ गते बस्ने र थप उपत्यका केन्द्रित आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने जानकारी दिए । .

बैठकले समान विचार राख्ने सबै शक्तिहरूलाई आफ्नो नेतृत्वको आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ भने वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको निष्कर्ष बैठकले निकालेको छ ।

उनले राजसंस्थाको पक्षमा राप्रपाको अबको आन्दोलन निर्णायक हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077