Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

केदार सूर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीकी यशोदा विजयी

केदार सूर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीकी यशोदा विजयी

मंगलवार , चैत्र ४, २०८१

डोटी । केदार सूर्य बहुमुखी क्याम्पस विपिनगर, डोटीमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी)की उम्मेदवार यशोदा बोहरा विजयी भएकी छन् ।

उनले ४६ मत प्राप्त गर्दै नेविसंघकी उम्मेदवार रमिता बोहरालाई पराजित गरेकी हुन् ।

कुल ९८ मतदाता रहेकोमा ८४ मत खसेको थियो । मतगणनाको क्रममा अखिल (क्रान्तिकारी) ले ४६ मत प्राप्त गर्दा नेविसंघले ३७ मत प्राप्त गर्‍यो। एक मत बदर भएको छ।

यस्तै सचिवमा अनेरास्ववियुका विक्रम साउद निर्वाचित भएका छन् । उनले र नेविसंघका भक्त पातलीले समान ४२ मत प्राप्त गरेका थिए । गोला प्रथाबाट साउद चुनिएका हुन् ।

कोषाध्यक्षमा नेविसंघकी हिरा मन्नी निर्वाचित हुँदा सदस्य सदस्यहरूमा अखिल क्रान्तिकारीकी शान्ति खडायत, अनेरास्ववियुकी लीला साउद र अनेरास्ववियुकी विनिता विक निर्वाचित भएकी हुन्

यो जितसँगै अखिल (क्रान्तिकारी) ले केदार सूर्य बहुमुखी क्याम्पसको विद्यार्थी नेतृत्व हात पार्न सफल भएको छ । यसअघि नेविसंघका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077