Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेश सरकारले गर्‍यो एसइई परीक्षा बहिष्कार

मधेश प्रदेश सरकारले गर्‍यो एसइई परीक्षा बहिष्कार

मंगलवार , चैत्र ४, २०८१

जनकपुरधाम । पर्सिबाट सुरु हुन लागेको एसईईको परीक्षाबाट मधेश प्रदेश सरकार बाहिरिएको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गरी एसईई परीक्षाको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका हुन् ।

परीक्षा समन्वय समितिहरूलाई दिएको निर्देशन नमानेको भन्दै परीक्षा प्रक्रियाबाट प्रदेश सरकार बाहिरिएको मुख्यमन्त्री सिंहले बताए ।

प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिए पनि शिक्षा समन्वय इकाई लगायत शैक्षिक संस्थाहरूले नमानेपछि प्रदेश सरकार सहभागी नहुने स्पष्ट पारे ।

उनले २० वर्षदेखि शिक्षा अधिकारीहरूले मधेस प्रदेशको परीक्षामा चलखेल गरेर विद्यार्थीहरुको भविष्यसँग खेलबाड गरिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077