Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

पूर्वराजा र राजावादीले भ्रम सिर्जना गर्न खोजे, प्रतिवाद गर्छौँ : कांग्रेस

पूर्वराजा र राजावादीले भ्रम सिर्जना गर्न खोजे, प्रतिवाद गर्छौँ : कांग्रेस

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । नेपाली कांग्रेसले पूर्वराजा र राजावादीले भ्रम सिर्जना गर्न खोजेको भन्दै प्रतिवाद गर्ने भएको छ ।

मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

फागुन २५ गते राजावादीले गरेको प्रदर्शनको समीक्षा गर्दै उनीहरूले गणतन्त्रको विरुद्धमा भ्रम सिर्जना गर्न खोजेको कांग्रेसको ठहर छ ।

यसबारे औपचारिक निर्णय गर्न चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

बैठकमा राजावादीको प्रदर्शनबारे गृहमन्त्री रमेश लेखकले बिफ्रिङ गरेका थिए । बैठकमा समसामियक राजनीतिक, नेविसंघको अधिवेशन, पार्टी अभियानबारे पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077