डोटी । डोटी बहुमुखी क्याम्पस डोटीको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ । मङ्गलवार सम्पन्न भएको निर्वाचनमा इन्द्र राणा नेतृत्वको प्यानल विजयी भएको हो ।
विजयी राणाले २२१ मत प्राप्त गरेका छन् भने राणाका प्रतिद्वन्द्वी अनेरास्ववियुका सुरेश रोकायाले ११० र अर्का उम्मेदवार अखिल क्रान्तिकारी/समाजवादीका साझा उम्मेदवार अजित सिंहले ८८ मत प्राप्त गरेका छन् ।
सचिवमा २१९ मत प्राप्त गरी नेपाल विद्यार्थी संघका साजन रावल विजयी भएका छन् । सचिव पदका उम्मेदवार अखिल क्रान्तिकारी/समाजवादीका हरिस बोगटीले ११० र अनेरास्ववियुका मोहन ऐरले ९५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कोषाध्यक्षमा २२० मत सहित नेपाल विद्यार्थी संघका दिपा विष्ट निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी ईश्वरी मलासीले ११५ र अखिल क्रान्तिकारीकी रुकमणी विष्टले ७७ मत पाएकी छिन् ।
त्यस्तै सदस्यहरूमा रबिन्द्र भण्डारी, हरिस साउद, उषा धामी, धर्म सीँ बम र पुष्कर बोहरा विजयी भएका छन् । डोटी बहुमुखी क्याम्पसमा ५८० मत सङ्ख्या रहेकोमा ४३१ मत खसेको थियो ।