एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । उनीहरुबीच मंगलबार फोनमा झन्डै २ घण्टा कुराकानी भएको हो ।
डोनाल्ड ट्रम्पले पुटिनसँग युक्रेनमा ३० दिनसम्म युद्धविराम गर्न आग्रह गरेका थिए । तर पुटिनले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्न अस्वीकार गरेका हुन् ।
पुटिनले सम्पूर्ण रूपमा युद्धविराम नहुने बरू ३० दिनसम्म युक्रेनको उर्जा क्षेत्रमा आक्रमण नगर्ने बताए ।
ट्रम्पसँगको कुराकानीपछि पुटिनले रूसी सेनालाई युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न निर्देशन पनि दिएका छन् ।