Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

माओवादी केन्द्रको जागरण अभियान पुनः सुरु, प्रचण्डसहितका नेता बारा जाँदै

माओवादी केन्द्रको जागरण अभियान पुनः सुरु, प्रचण्डसहितका नेता बारा जाँदै

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जागरण अभियान आजबाट पुनः सुरु हुँदैछ ।

यही १२ फागुनमा झापाको कचनकवलबाट सुरु भएको अभियान २४ फागुनमा राजावादीहरु सक्रिय भएपछि स्थगित गरिएको थियो ।

तर अभियान सुरु गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेताहरु आज बारा जान लागेका हुन् ।अपराह्न चार बजे अभियान टोलीलाई स्थानीयले स्वागत गर्नेछन् ।

त्यसपछि आजैबाट कार्यक्रमहरु सुरु हुनेछन् । विहीबार दिनभर बाराका कार्यक्रममा सहभागी भएर शुक्रबार पर्सा पुग्ने कार्यक्रम छ ।

एक दिन एक जिल्लामा बिताउने र जनतासँग भेटघाट गर्ने अभियान आजबाट पुनः सुरु गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077