कैलाली । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका दिपकराज भट्ट निर्वाचित भएका छन् ।
क्याम्पसमा चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको पुरै प्यानल नै विजयी भएको हो । भट्ट प्रतिद्धन्द्धी एमाले निकट अनेरास्ववियुका दिपेन्द्र भट्ट (दिपिन) लाई पराजित गर्दै विजयी भए ।
सचिवमा नेविसंघका देबेन्द्र बोहरा (डेभिड) र कोषाध्यक्षमा सञ्जिताकुमारी चौधरी विजयी भएका छन् ।
साथै सदस्यहरुमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन् । निर्वाचन समितिले आधिकारीक रुपमा अन्तिम मतपरिणाम घोषणा गर्न भने बाँकी छ ।