काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजतन्त्र फर्काउन कुनै हालतमा पनि नदिने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उपमहासचिव शर्माले सो कुरा बताएका हुन् । उनले राजतन्त्र फर्किन्छ भन्ने आफूहरूले नसोचेको बताए।
उपमहासचिव शर्माले भने, ‘राज्य प्रणाली, निर्वाचन प्रणाली दल र नेतामा सुधार गर्नुपर्छ, फजुल सेवा सुविधा, भ्रष्टाचार र कमिसन, भागबन्डा मिलोमतोमा रमाउनु लोकतन्त्र होइन। त्यसको अन्त्य गर्नुपर्छ। आपसमा गालीगलौज वा कुनै उथलपुथल गरेर होइन। आफैँतिर फर्केर समीक्षा गर्नुपर्छ। आज हामीले आफैँतिर फर्केर समीक्षा गर्ने गरेका छैनौँ।’
संविधान र लोकतन्त्रका पक्षधर पार्टी र सरकारले जनतामा देखिएको विरोध र आक्रोशलाई नजरअन्दाज गर्न नहुने बताए।
उनले दल र नेताहरूले आफैँतिर फर्किएर गम्भीर आत्मसमीक्षा गर्न आवश्यक रहेको औँल्याए।
उनले जनता पछि फर्किन चाहेका होइनन्, उन्नत लोकतन्त्र चाहेको बताए ।