काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सुन तस्करी राजाका पालादेखि नै भइरहेको बताएका छन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पन्तले त्यतिबेलादेखि अहिलेसम्म सुनको तस्करी निरन्तर भइरहेको बताएका हुन्।
त्यसकारण यसलाई शान्ति सुरक्षाका दृष्टिकोणले मात्रै हेर्न नहुने उनले बताए।
सांसद पन्तले भने,'पर्दापछाडिका मानिसहरू न त्यो बेला पक्रिन सके, न यो बेला पक्रिए। सुन तस्करी मुख्य आर्थिक कारण के हो हेर्नुपर्छ। किन मान्छेहरू सुन तस्करी गर्न चाहन्छन् ? हामीले आवश्यक भएकोजति सुन हामीले बैध रूपमा ल्याउन नसकेको हो भने खुला गर्नुपर्यो।'
त्यसो होइन भने यसलाई आर्थिक दृष्टिकोणबाट सम्बोधन गरेर सकिने विषयहरूमा सरकारले त्यसलाई अघि सारेर सम्बोधन गर्नुपर्ने सांसद पन्तले बताए।