Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राजावादीहरुको प्रदर्शनलाई उचाल्ने काम भईरहेको छ : बाबुराम भट्टराई

राजावादीहरुको प्रदर्शनलाई उचाल्ने काम भईरहेको छ : बाबुराम भट्टराई

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले राजावादीहरुको प्रदर्शनलाई उचाल्ने काम भईरहेको बताएका छन्।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै माइतीघरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।

जनताले फ्याँकिसकेको राजतन्त्र फर्किन कुनै सम्भावना नरहेको उनको भनाई छ । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छोटे राजाको संज्ञा दिए।

अध्यक्ष भट्टराईले भने,‘तीनवटा टाउको अहिले देखिएका छन्, तिनीहरुले आफूलाई छोटे राजाको रुपमा पनि देखाउँछन् । संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएका छन् । त्यो तीनवटा टाउकोले पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिन्छन् ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको भन्दै दुई छिमेकीले पनि सुँड घुसारेर कहिले कसलाई कहिले कसलाई उचालिरहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077