Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कुलमानसँग लफडा गर्दै आएका उर्जामन्त्री खड्काले भने - अब साँझमा लोडसेडिङ हुँदैछ

कुलमानसँग लफडा गर्दै आएका उर्जामन्त्री खड्काले भने - अब साँझमा लोडसेडिङ हुँदैछ

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग लफडा गर्दै आएका उर्जामन्त्री दीपक खड्काले अब साँझमा लोडसेडिङ हुने बताएका छन्।

राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उर्जामन्त्री खड्काले सो कुरा बताएका हुन् । उनले अब साँझमा लोडसेडिङ कसैले पनि रोक्न नसक्ने बताए।

अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको भन्दै उनले अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था आएको बताए ।

भारतबाट विद्युत आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको उर्जामन्त्री खड्काले दाबी गरे ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ उज्यालो नेपालको नायक नभएको उर्जामन्त्री खड्काको भनाई छ।

उर्जामन्त्री खड्का भने,'निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ। उज्यालोको नायक भनेको कुलमान होइन है । बरु यो धन्यवाद भारतलाई र निजी क्षेत्रलाई दिऊँ।'

कुलमानले उद्योगको लाइन काटेर घरमा बिजुली दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप उर्जामन्त्री खड्काले लगाए।

उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे। उनले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति धानिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077