Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

संवैधानिक नियुक्तविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को पेशी वैशाख ३ गते

संवैधानिक नियुक्तविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को पेशी वैशाख ३ गते

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक निकायमा ५२ जनाको नियुक्ति प्रक्रियाविरुद्ध दायर भएको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

सर्वोच्च अदालत प्रशासनका अनुसार संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा अब ०८२ साल वैशाख ३ गते सुनुवाइ हुनेछ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा पेसी आज सुनुवाइमा पाँच जना कानुन व्यवसायीले बहस गरेका थिए।

आज वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी, रामप्रसाद भट्टराई र अधिवक्ता दीपेन्द्र झाले रिट निवेदकको तर्फबाट बहस गरेका थिए।

आजको सुनुवाइमा रिट निवेदक कानुन व्यवसायीहरूले दैनिक रुपमा मुद्दाको सुनुवाइ गर्न माग गरेका थिए ।

तर, इजलासको नेतृत्व गरेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अन्य व्यवहारिक काम पनि भएकाले दैनिक रुपमा सुनुवाइ गर्न कठिनाइ भएको जवाफ दिएका थिए ।

२०७७ मङ्सिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेका थिए ।

२०७७ मङ्सिर ३० गते भएको सिफारिस पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077