Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको निर्देशन - सगरमाथा संवाद कार्यक्रमको तयारी चुस्त बनाउनू

प्रधानमन्त्री ओलीको निर्देशन - सगरमाथा संवाद कार्यक्रमको तयारी चुस्त बनाउनू

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको तयारी चुस्त बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको पहिलो बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद कार्यक्रम हुनेछ ।

आजको बैठकमा कार्यक्रमको समग्र व्यवस्थापन, रुपरेखा, विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखसहित अतिथिहरुको निमन्त्रणा, विज्ञहरुको सहभागिता, सद्भावनादूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यलगायत विषयमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले सबै क्षेत्रको सहयोग र सहभागिता लिइ कार्यक्रमलाई विशेष बनाउन आग्रह गरे । उनले कार्यक्रमको तयारी हरेक हिसाबले पर्फेक्ट रुपमा गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077