Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

एसईईका विद्यार्थीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने - नडराई र नहडबडाई परीक्षा दिनू

एसईईका विद्यार्थीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने - नडराई र नहडबडाई परीक्षा दिनू

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबाट सुरु हुने एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई एक भिडियो सन्देशमार्फत शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले शुभकामना दिएका हुन् । उनले एसईईलाई केही अघिसम्म फलामे ढोकाको रूपमा लिने गरिएको भए पनि अहिले अवस्था परिवर्तन भएको बताए ।

अघिल्लो वर्ष नतिजा सन्तोषजनक नआएकाले यस वर्ष विद्यार्थीबाट राम्रो नतिजाको अपेक्षा गरेको उनले बताए ।

जीवनका हरेक मोडमा परीक्षा दिनुपर्ने भएकाले नडराई र नहडबडाई परीक्षा दिन प्रधानमन्त्रीले एसईईका विद्यार्थीहरूलाई आग्रह गरे ।

उनले अनिँदो र थकित रूपमा परीक्षा दिन गाह्रो हुने भएकाले त्यसबाट जोगिन पनि विद्यार्थीहरूलाई अनुरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077