काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अनावश्यक विवाद नगरी एकजुट भई निर्णायक आन्दोलन गर्न आह्वान गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै थावाले यस्तो आह्वान गरेका हुन् । उनले अनुकूल वातावरण बनिरहेको वर्तमान अवस्थामा अनावश्यक विवाद नगरी एकजुट भई निर्णायक आन्दोलन गर्न आह्वान गरे ।
भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति पहिलो पटक सबै पक्षको सहभागितामा नवराज सुवेदीको संयोजकत्वमा 'संयुक्त जनआन्दोलन' समिति गठन भएको जनाउँदै सबै एकजुट हुनुपर्ने उल्लेख गरेका छन्।
उनले लेखेका छन्, 'भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति पहिलो पटक सबै पक्षको सहभागितामा नवराज सुवेदीको संयोजकत्वमा 'संयुक्त जनआन्दोलन' समिति गठन भएको छ। अनुकूल वातावरण बनिरहेको वर्तमान अवस्थामा अनावश्यक विवाद नगरौँ । एकजुट भई निर्णायक आन्दोलन गरौँ ।'
गत सोमबार पूर्वराजा ज्ञानेन्द्र शाहकै सक्रियतामा संयुक्त जनआन्दोलन समिति गठन भएको थियो । तर त्यस समितिमा विवाद देखिएको छ ।