Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन प्रभु साहको माग

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन प्रभु साहको माग

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग गरेका छन् ।

प्रतिनिधिसभामा बोल्दै सांसद साहले प्रतिनिधिसभाको सूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाउन माग गरेका हुन् ।

अघिल्लो प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको उत्तर नदिएकाले आजको प्रश्नोत्तर कार्यक्रम हटाउन माग गरे।

सांसदले साहले यसअघि फागुन ४ गते प्रतिनिधिसभा बैठकमा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री नदिएको भन्दै आक्रोश पोखे।

सांसदको सोधेको प्रश्नको जवाफ नदिने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भएको उनले बताए।

उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आजको कार्यसूचीबाट हटाउन माग समेत गरे।

कार्यसूचीबाट नहटाइए आफूले उक्त कार्यक्रम बहिस्कार गर्ने चेतावनी समेत दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077