Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सिन्धुपाल्चोकमा बरामद भेप भाटभटेनीका मालिकको भएको सांसदहरुको दाबी

सिन्धुपाल्चोकमा बरामद भेप भाटभटेनीका मालिकको भएको सांसदहरुको दाबी

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । सांसदहरूले सिन्धुपाल्चोकमा बुधबार राति बरामद भेप भाटभटेनीका मालिक मीनबहादुर गुरूङको भएको दाबी गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झा र नेकपा माओवादी केन्द्रका सांसद गंगा कार्कीले उक्त दाबी गरेका हुन्।

बैठकमा सांसद झाले नेकपा एमालेलाई कीर्तिपुरस्थित १० रोपनी जग्गा दान गर्ने भाटभटेनीका साहु मीनबहादुर गुरूङको समान ल्याइरहेको ट्रकबाट उक्त भेप बरामद भएको दाबी गरे ।

सांसद झाले भने,‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकबाट ७४० थान भेप समातिएको छ । प्रधानमन्त्रीको पार्टी कार्यालय बनाउने दाता भएकाले उनलाई संरक्षण नगरियोस भन्न चाहान्छु। जग्गादाता भनेपछि कुनै कारबाही नहुने हो कि के हो ?’

झाले भेप बरामद भएको ट्रकको नम्बर नै खुलाएर उक्त सामान भाटभटेनीका साहुको भएको जिकिर गरे । सिन्धुपाल्चोक प्रहरीले बुधबार राति ठूलो परिमाणमा भेप बरामद गरेको थियो ।

सिन्धुपाल्चोकस्थित चीनको तातोपानी नाका हुँदै भित्रिएको ट्रकबाट ७४० गोटा भेप बरामद भएको थियो । खुर्सानीबारी अस्थायी प्रहरी पोस्टले गएराति ना ६ ख ५४९६ नम्बरको ट्रक चेकजाँचको क्रममा भेप बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077