Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रभु साहले गरे प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम बहिष्कार

प्रभु साहले गरे प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम बहिष्कार

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली रोस्टममा पुग्नेबित्तिकै सांसद शाह प्रतिनिधि सभा बैठकबाट बाहिरिएका हुन्।

उनले बिहीबारकै प्रतिनिधि सभा बैठकमा बोल्दै आफूले सोधेका प्रश्नमा विगतमा प्रधानमन्त्रीले जबाफ नदिएको भन्दै सांसदसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाए बहिष्कार गर्ने चेतावनी दिएका थिए।

कार्यसूचीबाट उक्त कार्यक्रम नहटेपछि विरोधस्वरूप सांसद साहले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका हुन्।

प्रधानमन्त्री ओलीले अघिल्लो प्रश्नोत्तर कार्यक्रम (फागुन ४ गते) आफ्नो प्रश्नमा जबाफ नदिएको आजपा सांसद साहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077